डडेल्धुरा बजारका संरचनामा अमरगढी नगरले लायो डोजर

डडेल्धुरा : जिल्ला सदरमुकामका घर धनीले मुआब्जा पाएको महिनौं पुगे पनि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन अटेरी गरेपछि अमरगढी नगरपालिकाले डोजर लगाएको छ । सडकको क्षेत्राधिकारभित्रै पर्ने भौतिक संरचना र जग्गाको मुआब्जा व्यक्तिलाई वितरण गरिए पनि पटकपटक आग्रह गर्दा पनि सडकको क्षेत्राधिकार खाली नगरिएपछि डोजर चलाइएको हो । 

सदरमुकाम क्षेत्रको मुआब्जा वितरण भएर सडक क्षेत्र महाकाली राजमार्गको नाममा लालपूर्जा पनि आइसकेको छ । वडा कार्यालय र नगरपालिकाले पटकपटक लिखित रुपमै आग्रह गर्दा पनि बेवास्ता भपछि आफैँ संरचना हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । 

जिल्ला सदरमुकाम क्षेत्र महाकाली राजमार्गमा पर्छ । तर, कैलालीको मोहना पुलदेखि दार्चुलासम्मको महाकाली राजमार्गको चौडाइ राजपत्रमा फरक–फरक छ । कैलालीदेखि डडेल्धुराको बसपार्कसम्म ५० मिटर र डडेल्धुरा बसपार्कदेखि दार्चुलासम्म ३० मिटर राजमार्गको चौडाइ रहेको राजपत्रमा उल्लेख छ ।

सोअनुसार डडेल्धुरा जिल्ला सदरमुकामको बागबजार, तुफानडाँडा, कीर्तिपुरलगायतका क्षेत्रमा सडकको चौडाइ ३० मिटर हुनुपर्ने हो । तर, जिल्ला सदरमुकाम बागबजारलगायत तुफानडाँडा–कीर्तिपुर–पोखरा हुँदै दार्चुलाको खलंगासम्मको महाकाली राजमार्ग ५ मिटर चौडा मात्रै कालोपत्रे गरिएको छ । जसका कारण सडक क्षेत्रमा सयौँ घर निर्माण भएका छन् । सडक क्षेत्र खाली भएपछि सडक डिभिजन कार्यालय कुलपाते सडक निर्माणका लागि टेन्डर गर्ने तयारीमा छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार