काठमाडौँ महानगरले एमालेलाई १ लाख जरिवाना तिराउने 

धनगढी । काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई १ लाख रुपैयाँ तिराउने भएको छ । आन्दोलनका क्रममा जथाभावी फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिवाना तिराउने भएको हो ।

शुक्रबार महानगरले एक पत्र लेख्दै एमालेलाई जरिवाना तिर्न भनेको छ ।

काठमाडौँ महानगरपालिका-१ दरबारमार्गमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटिकामा जथाभावी फोहोर गरेकोले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ अनुसार १ लाख रुपैयाँ जरिवाना तिराउन लागेको जनाएको छ ।

योसंगै एमालेले अब काठमाडौँ महानगरपालिकालाई १ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।      

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार