दार्चुलाको अपिहिमालमा हुलाक कार्यालय स्थापना

धनगढी : दार्चुलाको अपिहिमाल गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । सरकारको ‘एक पालिका एक हुलाक’ नीतिअनुसार अपिहिमाल–४, पालिका केन्द्र नजिकै खण्डेश्वरीमा हुलाक कार्यालय स्थापना गरिएको हो ।

पालिकास्तरीय हुलाक कार्यालयमा खरिदारको नेतृत्वमा कर्मचारी परिचालन गरिने जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत वीरेन्द्रसिंह धामीले बताए । विगतमा इलाका र अतिरिक्त कार्यालयका रूपमा रहेका हुलाक कार्यालयलाई अब स्थानीय तहमा पालिका हुलाक कार्यालयका रुपमा सञ्चालन गरिन लागिएको हो ।

दार्चुलामा १० इलाका र ३२ अतिरिक्त हुलाक कार्यालय रहेका थिए । जिल्ला हुलाक कार्यालय रहेको महाकाली नगरपालिकामा हुलाक काउन्टर र जिल्लाका ८ पालिकामा हुलाक कार्यालय स्थापना गरिने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार