२० वर्षदेखि सुकुम्बासीको एउटै प्रश्न : जग्गा कहिले पाइन्छ ?

अछाम : अछाम रामारोशनका बुदे टमाटा १९ वर्ष पहिले असामबाट कैलाली टिकापुर झरेका थिए। २०६२ सालमा टिकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टिकापुर आएका उनी अहिले टिकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गा अतिक्रमण भइरहेको क्षेत्रमा आएर बसेका थिए।

सरकारले गरिबलाई जग्गा वितरण गरिरहेको छ भन्ने लागेर उनी टिकापुर झरेका थिए। टिकापुर पुग्दा बुदेले सोचेजस्तो भएन । अछाममा हुँदा पनि अरूको काम गरेर दैनिकी गुजारा गर्ने बुदे टिकापुर आएपछि अछाम फर्केनन्। अछाममा पनि केही थिएन, यता पनि केही छैन । जता बसे पनि सुकुम्बासी” उनले भने १९ वर्षदेखि सरकारले व्यवस्थापन गर्छ कि भनेर आशामा छौं। आशा गर्दागर्दै मर्ने बेला भइसक्यो।

अछामकै तडीगैराबाट ५० वर्षको उमेरमा टिकापुर पुगेका नन्दे लुहारलाई बुढ्यौलीले छोइसकेको छ। जग्गा पाइएला भन्ने आशामा बस्दा बस्दै लुहार सामाजिक सुरक्षा भत्ता पाउने उमेरको भइसकेका छन् ।

उनले भने अब त मलाई त्यो जग्गाको आशा पनि छैन। २० वर्ष जग्गाको आशामा बित्यो २० वर्षदेखि टिकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्यामन्दिर शैक्षिक गुठीको नाममा रहेको सयौं बिघा जग्गा सुकुम्बासी मुक्तकमैयाको अतिक्रमणमा छ।

उक्त जग्गा खाली गराउन क्याम्पसले पटकपटक पहल गर्दा पनि राजनीतिक संरक्षणमा बसेका मुक्तकमैया सुकुम्बासीलाई सहजै स्थानान्तरण गर्न सकिने अवस्था छैन । यस क्षेत्रमा नौवटा शिविर छन्।

शिविरमा पाँच हजार परिवार बसोबास गर्दै आएका छन्। यहाँ करिब २० हजार जनसंख्या रहेको अनुमान छ। मुक्तक मैया सुकुम्बासी मात्रै नभएर उचित व्यवस्थापनको आशामा यही बसोबास गर्दै आएका छन्।

टिकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीले आफ्नो जग्गा अतिक्रमण भएको भन्दै मुद्दा दायर गरेको छ। यहाँ नागरिक राजनीतिक रुपमा प्रयोग हुने गरेका छन्। विभिन्न राजनीतिक दलको सभा समारोहमा भीड चाहियो भने शिविरकै नागरिक लैजाने गरिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार