बालेनले गरे आफ्नै कार्यालयमा गरे निःशुल्क पार्किङको व्यवस्था

काठमाडौं : काठमाडौं महानगरपालिकाकाले महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न दिने भएको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै कमलादी, कमलपोखरी, पुतलीसडक र दरबारमार्ग आसपासका क्षेत्रमा पार्किङको समस्या भएको भन्दै साँझ साढे ५ बजेदेखि राती ११ बजेसम्मका लागि निःशुल्क पार्किङ गर्न दिने जनाएको छ ।

राजधानीबासीको मन जित्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको यो पछिल्लो निर्णयबाट साँझको समयमा दरबारमार्ग क्षेत्रमा जानेहरुलाई सहज हुनेछ । दरबारमार्गका सडकमा पार्किङ हटाएको महानगरको यो पछिल्लो कदमले त्यस क्षेत्रमा साँझको समयमा हुने पार्किङ समस्यालाई समाधान गर्दै थप सहजता प्राप्त हुने विश्वास लिइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार