कैलाली-कञ्चनपुरमा अवैध सामान बरामद

धनगढी : कैलाली र कञ्चनपुरमा अवैध सामान बरामद गरिएको छ । दुबै जिल्लाका विभिन्न स्थानबाट अवैध सामान बरामद गरिएको हो ।

धनगढी-३ ट्राफिक चौहारा र बोराडाँडी, धनगढी-९ भैसीघाट र भजनी नगरपालिका-८ काँढापुलबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २ लाख ४८ हजार ३५० मूल्यको प्याज, चिनी, पानीपुरी, बदाम, हरियो खुर्सानी, सुर्ती, गुट्खा, सुटपिस, साडी, लेहेङ्‍गा, सल, प्लाष्टिक झिल्ली, सिद्रामाछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

SHIKHAR COOL TECH

कञ्चनपुरको भीमदत्त नगरपालिका-१० भन्सार कार्यालय नजिकबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख २९ हजार ९१० मूल्यको चिनी, मिश्री, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सीमा सुरक्षा गुल्म कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार