बझाङका तीन ठाउँमा जिप दुर्घटना, ५ जना घाइते

बझाङ : बझाङका तीन ठाउँमा जिप दुर्घटना भएको छ । जिल्लाका फरक-फरक स्थानमा तीन ओटा जिप दुर्घटना भएका हुन् ।

दुर्गाथली गाउँपालिका-१ बुङ्गामा बिहीबार बिहान धनगढीबाट भलानेतर्फ गइरहेको से१ज ७९७ नम्बरको जिप दुर्घटना भएको हो । स्टेरिङको रड भाँचिएपछि जिप सडकबाट करिब पाँच मिटर तल खसेको थियो । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

जिपसाहु ४० वर्षका धनबहादुर माड र २० वर्षीया शिल्पा जप्रेल घाइते भएका हुन् । दुबै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको र अन्य चार जना यात्रुलाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ । जिप चालक २७ वर्षका राजेन्द्र भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्लाको तलकोट गाउँपालिका-५ खौला बजारमा तल्कोटको भक्तपुरतर्फ जाँदै गरेको सुपप्र ०१००च ४३२४ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । बिहीबार बेलुकी ५ः३० बजे ब्रेक फेल भई जिप सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घनामा चालकसहित ३ जना सामान्य घाइते भएका र उनीहरू घर फर्किसकेका प्रहरीले बताएको छ । बोलेरो जिप धनगढी उपमहानगरपालिका-८ का ३० वर्षीय दिपेन कठरियाले चलाएका थिए ।

यस्तै, बुंगल नगरपालिका-४ पल्लो पिपल बजारमा बिहीबार बेलुकी नै कुखुरा बोकेको जिप दुर्घटना भएको छ । महेन्द्रनगरबाट बिजगडातर्फ गइरहेको से१च १५०३ नम्बरको बोलेरो जिप उकालो चढ्न नसकी एक्कासी ब्याक भई सडकबाट करिब ६ मिटर तल खसेको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजारका ३० वर्षीय शंकर तामाङले चलाएको उक्त जिपमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । जिपमा ४७० कुखुरा रहेकामा २३० कुखुरा मरेका छन् ।

दुर्घटनापछि इलाका प्रहरी पोष्ट बिजगडाको टोली घटनास्थलमा पुगेको थियो । तीनओटै घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार