काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रूपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ६५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघकाअनुसार शुक्रबार चाँदी तोलामा १० रूपैयाँले घटेर १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्