काठमाडौं : सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन गर्दैछ ।
एमालेले एक लाख मानिस सडकमा उतारेर ‘जागरण सभा’ गर्न लागेको हो । कार्यक्रमका संयोजकसमेत रहेका वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराईका अनुसार जागरण सभा दरबारमार्गमा हुनेछ । जागरण सभालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ । बिहान साढे ११ बजे जुलुस सुरू गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुने भट्टराईले बताएका छन् ।
एमाले उपमहासचि प्रदीप ज्ञवालीले अराजकता र निराशालाई चिर्न जागरण सभा गर्न लागिएको बताएका छन् । उपमहासचिव ज्ञवालीले अराजकता र लोकतन्त्रसँगै जान नसक्ने बताए ।
एमालेले उपनिर्वाचन लक्षित गरेर कार्यक्रम गर्न लागेको हो । मंसिर १६ गते स्थानीय तहमा रिक्त रहेका ४२ पदमा उपनिर्वाचन हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्