नेप्से परिसूचक ३१.३१ अंकले गिरावट

काठमाडौँ : साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । बुधवार सामान्य अङ्कले वृद्धि भएको नेप्से परिसूचक आजको कारोबारमा ३१.३१ अङ्कले गिरावट आएको हो ।

बिहीबारको कारोबारमा नेप्से परिसूचक ३१.३१ अङ्कले घटेर २ हजार ६८०.४४ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स ५.५३ अङ्कले घटेको छ भने फ्लोर इन्डेक्स २.१३ अङ्क र सेन्सेटिभ फ्लोर इन्डेक्स १.८५ अङ्कले घटेको छ । नेप्से परिसूचक पछिल्लो समय निरन्तर रूपमा उतारचढाव भइरहेको छ ।

बिहीबार कारोबारमा आएका ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार कित्ता शेयर ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार ७ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको  थियो । बुधवारको तुलनामा बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ ।

नेप्से परिसूचक बिहीबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक २.८६ प्रतिशतले घटेको छ । होटेल तथा पर्यटन, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा,विकास बैङ्क र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी गिरावट आएको छ ।

बिहीबार नेप्से परिसूचकमा गिरावट आए पनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै माहुली लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ तर यता जानकी फाइनान्सको शेयर मूल्य भने य१० प्रतिशतले गिरावट आएको हो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स कम्पनीको २५ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार