धनगढी : कैलाली र कञ्चनपुरमा अवैध सामान बरामद गरिएको छ । कैलालीको धनगढी-२ मिलन चोक, धनगढी-३ ट्राफिक चौहारा, धनगढी-४ उत्तरबेहडी, धनगढी-९ त्रीवेणीघाट, टीकापुर नगरपालिका-१ मनुवा र जोशीपुर गाउापालिका-१ पिपरकोटीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी १ लाख २० हजार ६१० मूल्यको सामान बरामद गरिएको हो ।
प्याज, चिनी, मिश्री, मिठाई, चक्लेट, केराउ, सरप, चप्पल, सल, अण्डरवेयर, टाउजर, ज्याकेट, प्लाष्टिक डोरी, प्लाष्टिक झिल्ली, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुराकोटमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी ६० हजार मूल्यको माछा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी जनप्रतिनिधि, स्थानीयहरुको रहोबरमा नष्ट गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्