कैलाली : कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका-६ बस्ने २६ वर्षीय दिनेश परियार र कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजार बस्ने ४२ वर्षीय विक्रम सुवाल पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार परियारलाई जिल्ला अदालत कैलालीको फैसलाले नकबजनी चोरी मुद्दामा २३ दिन कैद सजाय र ९ हजार ३४६ रुपैयाँ जरिबाना तोकिएको थियो भने सुवाललाई लागुऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको थियो ।
दुबै जनालाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । पुनर्वासका सुवाललाई प्रहरीले धनगढी उपमहानगरपालिका-३ त्रीनगर एरियाबाट पक्राउ गरेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्