डडेल्धुरा : डडेल्धुराको न्यूनतम तापक्रम लगातार घटिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको तापक्रम विवरणअनुसार डडेल्धुराको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको हो । मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ ।
अहिले देशभर नै तापक्रम घटिरहेको छ भने चिसो बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्