चोरी र लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

धनगढी : कैलालीबाट चोरी र लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।

नकबजनी चोरी मुद्दामा २३ दिन कैद सजाय र ९ हजार ३४६ जरिवाना तोकिएको कैलालीको गोदावरी नगरपालिका-६ बस्ने २६ वर्षीय दिनेश परियार र लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकीएका कञ्चपुरको पुर्नवास नगरपालिका-११ डोकेबजार बस्ने ४२ वर्षीय विक्रम सुवाल पक्राउ परेका हुन्।

दुबै जनालाई धनगढी उपमहानगरपालिका-३ त्रिनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार