बेली पुलमा मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु

धनगढी : धनगढीको बेली पुलमा मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–७ बेलीपुलमा सुदूरपश्चिम प्रदेश ०१–०११ प ७८९७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बुधवार पुलमा ठोक्किदा चालक कैलारी गाउँपालिका–७ रतनपुरका ३४ वर्षीय मनोज चौधरीको मृत्यु भएको हो।

Seti Hospital

मोटरसाईकल पुलमा ठोक्किदा चौधरी गम्भिर घाईते भएका थिए। उनलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्रसिंह बोहराले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

80%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

समबन्धित समाचार