गायक सौगात ओझा सहित धनगढीका काग्रेंस र नाउपा कार्यक्रता माओवादी प्रवेश

धनगढी : डेउडा गायक सौगात ओझा सतिह काग्रेंस र नागरिक उन्मुक्तीका कार्यक्रता माओवादीमा प्रवेश भएका छन् ।

सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर १७ डमौलियामा आयोजित कार्यक्रमको अवशरमा डेउडा गायक सौगात ओझा, नेपाली काग्रेंस कैलालीका क्षेत्रिय प्रतिनिधि, भरत सिराडी, नागरिक उन्मुक्ती पार्टीका छुदुलाल चौधरी लगायतले माओवादीमा प्रवेश गरेको माओवादी केन्द्र धनगढी उपमहानगर कमिटि सचिव रमेश भट्टराइले जानकारी दिए ।

SHIKHAR COOL TECH

उनिहरुलाई पुर्व मन्त्री, प्रदेसशभा सदस्य समेत रहेका पार्टी केन्द्रिय सदस्य रमेश सिहं धामीले माला, टिका सहित पार्टीमा स्वागत गरेका हुन् । स्वागत गर्दै पुर्व मन्त्री धामीले माओवादी केन्द्रमा भित्रिनेको लहर लागेको बताए । माओवादीले देश र जनताका पक्षमा गरेको कामको मुल्याकंन जनताले गर्न थालेको उनले बताए ।

माओवादीमा प्रवेश गर्न चाहानेहरुलाई संयोजन गरी कार्यक्रमको आयोजना गरेकोमा धामीले पार्टीको धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का अधयक्ष राम बहादुर चौधरीलाई धन्यवाद दिएका छन् । साथै नव प्रवेसीहरुलाई राजनितिक तथा सामाजिक प्रगतीको उनले कामना गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार