धनगढी : धनगढी उपमहानगरपालिकाको लगानीमा बनेको स्मार्ट सार्वजनिक शौचालय सञ्चालमा ढिलाइ हुँदा सर्वसाधरण गुनासो गर्न थालेका छन् । निर्माण सम्पन्न भएको लामो समयसम्म शौचालय सञ्चालनमा आउन सकेको छैन ।
बी एण्ड डी कस्ट्रक्सनसँग ४४ लाख ४२ हजार ४ सय ७४ रुपयाँमा शौचालय निमार्णका लागि ठेक्का दिएको धनगढी उपमहानगरपालिकाका इन्जिनियर कमल ओझाले बताए । निमार्ण सञ्चालन भएपछि स्मार्ट एसोसेरिज जडानको लागि थप पछि २० लाख लागत लागेको इन्जिनियरओझाले बताए ।
निमार्ण कार्य सम्पन्न भएपछि उपमहानगरपालिकाले ५ बर्षको लागि शौचालय सञ्चालन गर्न सुचना निकालेको सोही अनुसार बालाजी कन्स्ट्रक्सनसँग बार्षिक २ लाख १० हजारमा ठेक्का लगाएको धनगढी उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख लेखनाथ ओझाल बताए । बालाजी कन्स्ट्रक्सनले मासिक राजस्व समेत बुझाइरहेको राजस्व शाखा प्रमुख ओझाले बताए ।
शौचालयसँगै क्याफे सञ्चालन गर्न सकिने ब्यबस्था रहेको तर भाडामा लिएर क्याफे सञ्चालन गर्ने अहिले सम्म कोही नभेटिएकाले शौचालय सञ्चालन गर्न ढिलो भैरहेको भनि बालाजी कन्स्ट्रक्सनले उपमहानगरपालिकालाई जानकारी गराएको इन्जिनियरओझाले बताएका छन् । साथै शौचालय अब छिट्टै सञ्चालनमा ल्याउने तयारीमा रहेको समेत जानकारी दिएको भनि इन्जिनियरओझाले बताए ।
प्रतिक्रिया दिनुहोस्