बैतडीको मेलौली नगरपालिकाको ३ नम्बर वडा कार्यालयमा तालाबन्दी

धनगढी : बैतडीको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ । मेलौली नगरपालिकाको ३ नम्बर वडा कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेका हुन् । स्थानीय धनबहादुर चन्दले आधारभूत स्वास्थ्य केन्द्र सबैको पायक पर्ने ठाँउमा हुनुपर्ने माग राख्दै वडा कार्यालयमा तालाबन्दी गरिएको बताए ।

सो वडाको मलेनामा वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणका लागि सोही ठाउँका खुइलसिंह ठगुन्नाले १० रोपनी जमिन दान गरेका थिए । ५ रोपनीमा वडा कार्यालय भवन निर्माण गरिएको छ भने बाँकी ५ रोपनी जमिनमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण हुनुपर्ने स्थानीयहरुको माग छ ।

अहिले वडाको कुजागाडमा बर्थिङ सेन्टरबाट सेवा सञ्चालनमा छ । सोही ठाउँमा वडध्यक्ष गगनसिंह भाटले आधारभूत स्वास्थ्य केन्द्र लैजान खोजेको स्थानीयहरुको आरोप छ । तर वडा अध्यक्ष भाटले भने स्थानीयहरुले आफूहरुका मागका विषयमा केही जानकारी नगराई एक्कासी तालाबन्दी गरेको बताएका छन् । उनले यो विषयमा स्थानीयहरुसँग छलफल भइरहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार