जिसस प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित

धनगढी : जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् ।

नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारूले जिसस प्रमुखमा दिएको उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएकी हुन् । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार थारूले केही समयअघि उम्मेदवारी फिर्ता लिएकी हुन् ।

‘बुधबार बिहान ९ देखि १ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेकोमा नागरिक उन्मुक्तिकी थारूले उम्मेदवारी फिर्ता लिएकी छिन्,’ उनले भने । नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारू, कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताहरूको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएकी हुन् । 

भुल कैलारी गाउँपालिका- २ बाट दलित महिला सदस्यमा विजयी भएकी थिइन् । एमालेको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी थिइन् ।  कांग्रेसबाट जिल्ला समन्वय समिति, कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २३ पुस २०७९ मा निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार