जिसस प्रमुखमा काँग्रेसकी टीका कुमारी भुल निर्विरोध

धनगढी : जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुख पदमा काँग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध बनेकी छिन् । प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले उम्मेदवारी फिर्ता लिए पछि भुल निर्विरोध भएकी हुन् ।

नाउपाबाट प्रमुख पदका लागि रुपमती डगौरा थारुले उम्मेदवारी दर्ता गरेकी थिइन्। तर, नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बलियो बनेपछि नाउपाले प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय गरेको थियो ।

उनका अनुसार कैलालीमा प्रमुख पद जित्न १३ मत आवश्यक पर्ने भए पनि कांग्रेस र एमालेको गठबन्धनले १३ मत सुनिश्चित गरिसकेको छ। कांग्रेससँग ८ र एमालेसँग ५ मत रहेको छ । नाउपासँग ७, माओवादी केन्द्रसँग ३, समाजवादीसँग १ र स्वतन्त्रसँग १ मत रहेको थियो ।

प्रदेश निर्वाचन कार्यालय, कैलालीका निमित्त प्रमुख प्रेम भट्टले उम्मेदवारी फिर्ताका लागि बुधबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेका थिए । टीकाकुमारी भुल कैलारी गाउँपालिका–२ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी हुन्। यसअघि, २०७९ पुस २३ गते तत्कालीन प्रमुख पदमबहादुर कलेलको निधन भएपछि रिक्त रहेको पदका लागि उपनिर्वाचन तोकिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार