धनगढीको तारानगरमा गेट्वे मन्टेश्वरीका बालबालिकाले गरे आमाको माया छात्रवासलाई सहयोग

धनगढी : धनगढीको तारानगरमा रहेको गेट्वे मन्टेश्वरी स्कुलका बालबालिकाले आमाको माया छात्रवासलाई खाद्यान्न सहयोग गरेका छन्। बालबालिकाहरूले तिहारमा देउसी खेलेर जम्मा गरेको रकमबाट खाद्यान्न खरिद गरी छात्रावासलाई सहयोग गरेका हुन्

विद्यालयका बालबालिकाले जम्मा गरेको १४ हजार रकमबाट खाद्यान्न खरिद गरेर मङ्गलवार छात्रवासलाई खाद्यान्न उपलब्ध गराइएको छात्रावासका संरक्षक शारदा शाहले बताए। विद्यालयका शिक्षक/शिक्षिका र बालबालिका मिलेर देउसी खेलेर जम्मा भएको रकमबाट छात्रवासलाई खाद्यान्न उपलब्ध गराइएको हो।

SHIKHAR COOL TECH

आमाको माया छात्रवासमा असहाय बालकहरूलाई बस्ने र विद्यालय पढ्ने व्यवस्था मिलाइएको छ। विभिन्न सहयोगदाताले छात्रवासलाई विभिन्न अवसर पारेर स्वेच्छिक सहयोग गर्दै आएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार