खानेपानी तथा सरसफाइ मन्त्रालय बनाउन पहल अघि बढाएको छु : खानेपानीमन्त्री यादव

काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाइ मन्त्रालय बनाउन पहल अघि बढाएको बताएका छन् ।

मंगलवार काठमाडौंमा खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Chhath shuvakamana
Discovery School

उनले आफूले मन्त्रालयका सचिवलाई खानेपानी मन्त्रालयबाट छिनिएको सरसफाईको अधिकार फिर्ता गर्नेगरी सो प्रस्ताव अघि बढाउन निर्देशन दिएको पनि बताए । उनले आफ्नो पहिलो जिम्मेवारी मन्त्रालयलाई मजबुत बनाउनु रहेको र सोहीअनुसार अघि बढिरहेको बताए । उनले खानेपानी तथा सरसफाइ मन्त्रालय बनेपछि धेरै अधिकारहरू मन्त्रालयमा जोडिजे उल्लेख गरे । खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाइ मन्त्रालय नबनाएसम्म आफूले चाहेअनुसार गतिमा काम गर्न नसकिने पनि स्पष्ट पारे ।

उनले भने ‘सबैभन्दा पहिला मेरो दायित्व, मेरो फर्ज, मेरो धर्म, मन्त्रीको जिम्मेवारी पाएको हुनाले यो मन्त्रालयलाई मजबुत गराउनु नै हो । मेरो अबको कदम तथा सरसफाइलाई कसरी ल्याउने रु यानकी खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाइ मन्त्रालयलाई कसरी बनाउने रु त्यसमा म लागिपरेको छु ।

त्यसमा अघि बढेको छु । त्यो आयो भने त्यसको धेरे शक्तिहरु यसमा आउँछ । त्यो तपाईँहरू सम्झिनुहुन्छ । जुन शक्ति बाहिर गएको छ, त्यो शक्तिलाई कसरी फर्काउने भन्नेमा म लागिरहेको छु । हाम्रो मन्त्रालयबाट छिनिएको शक्तिलाई कसरी शक्तिमान गराउने, हाम्रो मन्त्रालयबाट छिनिएको कुरा कसरी ल्याउने भन्नेमा म लागेको छु ।

त्यो फिर्ता नल्याएदेखि हामीले चाहेअनुसार मन्त्रालय चलाउन हामी सक्दैनौँ । मन्त्रालयमा मन्त्रीहरू आउनै मान्दैनन् । खानेपानी मन्त्रालयको जिम्मेवारी पाएपछि पहिल्यै नाक खुम्च्याउँछन् । तर म रमाइरहेको छु ।’ मन्त्री यादवले राम्रो गर्नसक्नेको मात्रै नाम हुने भन्दै सबै मिलेर मन्त्रालयलाई मजबुत बनाउनुपर्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार