धनगढीको नाकाबाट तीन महिनामा २९ हजार किलो ममफली आयात

धनगढी : अधिकांसले ममफली खान मन पराउँछन् र बजारमा अधिक मात्रामा खरिद बिक्री समेत हुने गरेको पाइन्छ । अन्य समय भन्दा पनि यो समयमा ममफलीको व्यापारसँगै आयात पनि बढी हुने गर्दछ ।

यो चालु आर्थिक वर्ष २०८० को पुस महिना यता कैलालीको त्रिनगर भन्सारबाट २९ हजार किलो ममफली भित्रिएको त्रिनगर भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले बताए । २०८० को पुस महिना यता ९ हजार, ९ हजार र ११ हजार गरी  ३ पटकमा २९ हजार किलो ममफली आयात गरिएको सूचना अधिकारी खड्काले बताए। २०८१ को कार्तिक महिनाको ४ गते एकै दिन  ९ र ११ हजार किलो आयात भएकोमा यस्तै कार्तिक ११ गते ९ हजार किलो ममफली भित्रिएको भन्सार कार्यालयका सूचना अधिकारी खड्काले बताए ।

यसरी ३ पटकमा २९ हजार किलो ममफली आयात हुँदा २ लाख १७ हजार बराबरको राजस्व सङ्कलन भएको छ । काँचो ममफली आयात हुँदा भन्सार र भ्याट केही पनि नलाग्ने भएकाले यो परिमाणमा राजस्व सङ्कलन भएको खड्काले जनाए ।

“पोलेको ममफलीको तुलनामा काँचो ममफली सस्तो पर्ने र आयात भैसकेपछि पनि बजारमा लग्ने बेला सम्म धेरैले काम समेत पाउने भएकाले काँचो ममफली बढी आयात भएको हो । यस भन्सारबाट काँचो ममफली  मात्रै आएको र बजारमा  आएको पोलेको  ममफली अन्य भन्सारबाट  पनि आयात  भएको हुन सक्ने पनि सूचना  अधिकारी खड्काले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार