कैलाली : कैलालीको अत्तरियास्थित छ लेन सडक खण्डको मेडियनमा पनि तार जाली लगाइनेभएको छ ।
मोहनापुल अत्तरिया ६ लेन सडक अन्तरगत अत्तरिया खण्डको मेडियनमा तार जाली लगाइने भएको गोदावरी नगरपालिकाकाले जनाएको छ । सो सडकमा यस अघि रोपिएका बिरुवाको संरक्षण सँगै नयाँ बिरुवा रोपेर हरियाली बनाउन तार जाली लगाउन लागिएको हो । मेडियनमा तार जाली लगाउनका लागि नगरपालिकाले
सडकको मेडियनमा धनगढी खण्डको जस्तै तार जाली लगाउन एमएस सुइल कन्स्ट्रक्सन सँग ७० लाख ३ हजार ७५ रुपैयाँमा ठेक्का सम्झौता गर्ने प्रक्रिया अगाडि बढेको इन्जिनियर पूर्ण कुँवरले बताए । असोज ६ गते बोलपत्र आव्हान गरेर एमएस सुइल कन्स्ट्रक्सनलाई निर्माणका लागि छनोट गरि सडकको मेडियनमा तार जाली लगाएर थप बिरुवा रोपेर हरियाले बनाइने उनले बताए ।
६ लेन सडक खण्डको अत्तरिया क्षेत्रमा यसअघि प्लानेट ग्रिन नेपालले वृक्षारोपण गरेको थियो । तर, संरक्षणको अभावमा ती बिरुवा राम्रो सँग हुर्कन पाएका छैनन् । हाल सडकको मिडियनमा छाडा चौपायाको आवास स्थल बनेकाले तार जाली लगाएपछि सुरक्षती हुने बताइएको छ।
धनगढी उपमहानगरपालिकाको मोहना पुल देखि धनगढी उपमहानगरपालिकाको सीमा क्षेत्र सम्म भने यसअघि नै तार जाली गरेर वृक्षारोपण गरिसकिएको छ। सो खण्डमा मिडियन सँगै सडकको किनाराको फुटपाथमा पनि वृक्षारोपण गरिएको छ । यस्तै मिडियन मै सडक बत्ती पनि जडान गरिएकाले रातीको समयमा पनि सडक झिलिमिली हुने गरेको छ ।
तर, गोदावरी नगर क्षेत्रमा भने लामो समय देखि सडक अन्धकार सँगै सडकको सौन्दर्यता बढाउनका लागी प्रक्रिया थाल्न सुझाब दिइएको छ।
प्रतिक्रिया दिनुहोस्