धनगढी : दुई वर्षदेखि फरार रहेका एक जना पक्राउ परेका छन्। कैलालीको जोशीपुर गाउँपालिका–१ बढरीयाका ५७ वर्षीय रामफिरत चौधरी सोमवार पक्राउ परेका हुन्।
उनलाई जिल्ला अदालत कैलालीले २०७९ असार १३ गते लेनदेन मुद्दामा बिगो नतिरेकोले १ वर्ष कैद सजाय तोकिएको थियो। सोहि दिनबाट फरार रहेका चौधरीलाई इलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलीले सोमवार पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्