युवाजति विदेशमा, रित्तो हुँदै गाउँहरु 

भक्तराज जोशी

धनगढी । युवाजति विदेश हिँडेपछि अहिले गाउँ रित्तिदै गएका छन् । अझ पछिल्लो केही वर्षयता युवाहरु विदेशिने क्रम बाक्लिएपछि गाउँहरु पातलिंदै गएका हुन् ।

अझ अहिले हिमाली र पहाडि भुभागसंगै तराइका सुगम जिल्लाका सुगम क्षेत्र पनि दिनप्रतिदिन खाली हुँदै गएका छन् । देशमा केही गर्ने अवसर नपाउँदा विदेशिनुपर्ने बाध्यता बोकेर युवाहरु विदेशिएपछि कैलाली, कंचनपुरका अधिकांश बस्ति पनि पुरुषविहीन बनेका छन् । 

Chhath shuvakamana
Discovery School

र कंचनपुरको भीम बस्ति त्यस्तै बस्तिमध्येको एक बनेको छ । जहाँका अधिकांश पुरुष रोजगारीको शिलशिलामा विदेशिएका छन् । 

यही कारण पछिल्ला केही वर्षयता गाउँ पातलिंदै गएको भीम बस्तीकी ईश्वरी सिंहले बताइन । आफ्नै घरमा पनि सासु, दुइवटा छोराछोरी र आफु मात्र भएको बताउँदै उनले पुरुष जति सबै कमाउनका लागि विदेश गएको बताइन । 

सिंहका अनुसार उनको परिवारमा मात्र होइन, सारा गाउँभरि नै युवा र पुरुष भेट्न गाह्रो छ । अधिकांश घरमा अहिले बालबालिका, महिला र वृद्द मात्र भेटिने उनले बताइन । ‘गाउँमा युवा र पुरुष भेट्न गाह्रो छ, सबैजना कमाउनका लागी विदेशिएका छन्’, उनले भनिन, ‘अहिले गाउँमा केटाकेटी, महिला र वृद्द मात्र भेटिन्छन । अलिअलि युवा भेटिए पनि फ्याट्टफुट्ट मात्र हो ।’

कृषि गर्ने र मजदुरी गर्नेहरु नै गाउँमा नभएपछि धेरैले कृषि पेशा नै छोडेको सिंहले बताएकी छिन । 

केहीले ट्याक्टर र प्रविधिको प्रयोग गरेर खेति गर्दै आए अनि प्रयाप्त जनशक्ति नहुँदा खेतीमा अपेक्षित लाभ नहुने गरेको सिंहको भनाइ छ । गाउँमा पुरुष नहुँदा अहिले खेतीको सबै काम महिलाहरुले नै गर्दै आएको उनले बताइन । तर खास काम गर्ने जनशक्ति नै नहुँदा सोचेअनुसारको उत्पादन नहुने सिंहले बताएकी छिन । 

‘पुरुष र काम गर्ने जनशक्ति नहुँदा गाउँमा भएका हामी महिला खेति गर्न ट्याक्टर र प्रविधिमा निर्भर छौँ’, उनले भनिन, ‘तर पनि आवश्यकता अनुसार खेतिबारीमा समय दिन सकिएको छैन । यही कारण उत्पादन पनि घटेको छ । धेरैले त खेति लगाउने छोडिसके ।’ 

यस्तै उनले देशमा रोजगारिको अवसर नभएकै कारण ठुलो युवा जनशक्ति विदेश जानुपरेको भन्दै यसतर्फ राज्यलाई गम्भीर हुन पनि आग्रह गरेकी छिन । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार