फेसबुकमा एक लाख फलोअरको आँकडा पार गर्ने पहिलो टिम सुदूरपश्चिम रोयल्स

धनगढी : नेपाल प्रिमियर लिग (एनपीएल)का टिममध्ये फेसबुकमा एक लाख फलोअरको आँकडा पार गर्ने पहिलो टिम सुदूरपश्चिम रोयल्स बनेको छ । सोमबार उक्त टिमले एक लाख फलोअरको आँकडा पार गरेको हो । एनपीएलमा आठ टिम रहेका छन् । २१ भदौमा टिम घोषणा भए लगत्तै सबैजसो टिम सामाजिक सञ्जालमा सक्रिय छन् । 

त्यसमध्ये सबैभन्दा पहिले एक लाख फलोअरको आँकडा सुदूरपश्चिम रोयल्सले पार गरेको हो । यो समाचार तयार पार्दासम्म सुदूरपश्चिम रोयल्सको फेसबुक पेजले एक लाख फलोअर र ८० लाख बढी लाइक पाएको छ । 

Tihar shuvakamana
Discovery School


– ७५ हजार फलोअर र ६१ लाख लाइक सहित पोखरा एभेन्जर्सको फेसबुक पेज दोस्रो स्थानमा छ ।

-तेस्रो स्थानमा लुम्बिनी लायन्स रहेको छ । यस टिमको फेसबुक पेजमा ६४ हजार फलोअर र ४४ हजार लाइक रहेको छ ।

– ५४ हजार बढी फलोअर र ३६ हजार बढी लाइकका साथ कर्णाली याक्सको फेसबुक पेज चौथो स्थानमा छ ।

-पाँचौं स्थानमा काठमाडौं गुर्खाज छ । यस टिमको फेसबुक पेजमा ३४ हजार बढी फलोअर र २९ हजार बढी लाइक रहेको छ । – छैठौं स्थानमा विराटनगर किङ्ग्स रहेको छ । यस टिमको फेसबुक पेजमा २५ हजार बढी फलोअर र १६ हजार बढी लाइक रहेको छ । 

– सातौं स्थानमा जनकपुर बोल्ट्स रहेको छ । यस टिमको फेसबुक पेजमा २४ हजार बढी फलोअर र १६ हजार बढी लाइक रहेको छ । 

-१९ हजार बढी फलोअर र ११ हजार बढी लाइकका साथ चितवन राइनोज अन्तिम स्थानमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार