कञ्चनपुरको लालझाडीमा हात्तीले स्थानीयका घर भत्काए !

कञ्चनपुर : कञ्चनपुरको लालझाडीमा हात्तीले स्थानीयका घर भत्काएको छ । लालझाडी गाउँपालिका–४ खल्लाजाईका हरिलाल टमाटा, शारदा टमाटा र ठग्गी कडाराको घर हात्तीले भत्काएको हो ।

लालझाडी हात्तीपीडित संघर्ष समितिका अध्यक्ष दर्शन रानाले आइतबार राति हात्तीले कच्ची घर भत्काएर अन्न पनि नष्ट गरिदिएपछि तीनओटै परिवारको बिचल्ली भएको बताए । स्थानीयले यस वर्ष हात्तीले असोजदेखि मानवीय, भौतिक, अन्नबालीमा क्षति पुर्‍याउँदासमेत तीनै तहको सरकारले हात्ती नियन्त्रणका लागि पहल नगरेको दुखेसो गरेका छन् । लालझाडीमा असोज दोस्रो साता हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको थियो ।

Tihar shuvakamana
Discovery School

लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले हात्ती नियन्त्रणका लागि स्थानीय सरकारको प्रयासले मात्रै सम्भव नभएको हुँदा प्रदेश र संघीय सरकारसँग पहल भइरहेको बताए । उनले हात्तीबाट हुने क्षति न्यूनीकरणका आफूहरुको पहल जारी रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार