बाजुरामा स्थानीय तहको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता !

बाजुरा : बाजुरामा मङ्सिर १६ गते हुने स्थानीय तहको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराएका छन् । जिल्लाको पूर्विउत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा बाजुराका पाँच दलले मनोनयन दर्ता गरेका हुन् ।

जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र) नेकपा एकीकृत समाजवादी र राप्रपा पार्टीले आफ्नो उम्मेदवार दर्ता गरेका छन् । मनोनयन दर्तामा नेपाली कांग्रेसले पूलतीसरा शाही, नेकपा एमालेले, सुलोचना भण्डारी (बुढा), नेकपा माओवादी (केन्द्र) राजुकुमारी विक, नेकपा एकीकृत समाजवादीले जवा शाही र राप्रपाले सुनादेवी थापा भोटे धामीलाई उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामिकार्तिक सुईजिउला वाई बाजुराले जनाएको छ ।

khadya

२०७९ को स्थानीय तहको निर्वाचनबाट नेपाली काँग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि रिक्त रहेको उक्त पदमा उप निर्वाचन हुन लागेको हो । आगामी मंसिर १६ गते हुने उप निर्वाचनका पाँच वडाका ९ मदतानस्थल रहेका छन् । उप निर्वाचनमा यहाँका सात हजार ४६० मतदाताले मतदान गर्न पाउने भएका छन् ।

अघिल्लो वर्षको निर्वाचनमा भन्दा यो वर्षको उप निर्वाचनमा ६० जना मतदाता संख्या बढेको छ । अघिल्लो निर्वाचनमा सात हजार चार सय मतदाता रहेको पालिकामा उप निर्वाचनमा ६० जना मतदाता बढेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार