सरकारले खेल क्षेत्रमा लगानी थप्दै जाने छ : मन्त्री चौधरी

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले युवा तथा खेलकुदमा गर्नुपर्ने लगानी गर्न नसकिरहेको बताएका छन् । उनले युवालाई देशमै राखिराख्न र खेलमार्फत देशलाई चिनाउन खेल क्षेत्रमा लगानी थप्दै जाने प्रयास सरकारको रहेको बताए । 

आइतबार रुपन्देहीस्थित सिद्धार्थ रंगशालाको अवलोकन गर्दै उनले प्रधानमन्त्रीले नै पहिलो मन्त्रिपरिषद्को बैठकबाट क्रिकेट मैदानको स्तरोन्नति गरी सुविधासम्पन्न गराउने निर्णय गरिसकेको बताए । ‘हामीले खेलकुदलाई प्राथमिकतामा राखेर अघि बढ्न सके पनि देशलाई चिनाउन युवा लागिपर्नेछन् भन्ने बुझेका छौं,’ उनले भने, ‘यो काममा नेतृत्व तह सकारात्मक छ, क्रिकेटका रंगशालालाई अन्तर्राष्ट्रियस्तरका खेल खेल्न लायक बनाउने गरी बजेट छुट्याएर निर्माण गरिनेछ ।’

Seti Hospital

नेपालमा राम्रो र विदेशी खेलाडीले खेल्न लायक मैदान आवश्यक रहेकाले सो तर्फ आफ्नो ध्यान केन्द्रित भएको उनको भनाइ छ । मन्त्री चौधरीले खेलाडीलाई रोजगारी, उनीहरुको परिवारलाई शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्ने र यसको उपायबारे आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बैठकमा कुरा राखिसकेको बताए । उनले समयमै बजेट खर्च गर्न नसक्नु कमजोर पक्ष रहेको उल्लेख गरे ।

आफ्नो कार्यकालमा सिद्धार्थ क्रिकेट रंगशालाको लागि केही न केही गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । उनले बजेट विनियोजनका लागि जिल्लाकै अर्थमन्त्री रहेकाले सल्लाहअनुसार बजेट निकासा गर्ने जनाए । उनले भने, ‘खेलकुद मन्त्रालय वा राष्ट्रिय खेलकुद परिषद्‌बाट एउटा पनि बहुवर्षीय योजना छैन । त्यसकारण बहुवर्षीय योजनाका लागि एकपटक फेरि डीपीआर पठाउनुहोस् ।’

कुल बजेटको ० दशमलव ५ प्रतिशत अर्थात् सबैभन्दा कम बजेट युवा तथा खेलकुद मन्त्रालयको रहेको मन्त्री चौधरीले बताए । ‘मैले जिम्मेवारी सम्हालेको मन्त्रालयमा साढे ३ अर्ब बजेट छ । त्यो भन्दा धेरै नगरपालिकामै बजेट हुन्छ । मन्त्रालयमा कुल बजेटको कम्तीमा १ प्रतिशत बजेट पुर्‍याउन सके खेलकुद क्षेत्रमा अझै काम गर्न सकिने उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार