मंसिरमा कति छन् विवाहका लगन ?

काठमाडौं : यो मंसिरको महिना हो । यो महिना आउने बित्तिकै धेरैको मनमा आउने एउटा कुरा हो विवाहको लगन । मंसिरमा विशेष गरी विवाहका लगन हुने गर्छन् । विवाह गर्ने महिना नै भनेर भन्दा पनि फरक नपर्ला ।

तर यसपाली यो महिनाले धेरैको मनमा  निराशा छाइदिएको छ । कारण यो मंसिरमा एक मात्रै विवाहको लगन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Tihar shuvakamana
Discovery School

यो वर्षैभरी जम्मा विवाहको लगन १७ दिन मात्रै परेका थिए । विवाहको महिना मानिने मंसिरमा भने एक दिन मात्रै साइत परेको छ । सबै भन्दा धेरै त यसपाली फागुन महिनामा परेको छ ।

यो महिनामा ८ गते मात्रै विवाहमूहूर्त छ । मंसिर ८ गतेसम्म विवाह गर्न नभ्याउनेले लगान जुराएर बिहे गर्ने हो भने २ महिनासम्म कुर्नुपर्ने हुन्छ । किनकि माघमा दुई दिन मात्रै विवाहको लागि साइत परेको छ । माघ ४ र २५ गते विवाह गर्नको लागि साइत जुर्छ । यस्तै, सबैभन्दा धेरै लगन फागुन महिनामा परेको छ । फागुन १, ६, ८, ९, १३, २२, २३ र २८ गते गरी ८ दिन लगन जुरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार