जिससको प्रमुखका लागि उम्मेदवारी दर्ता

धनगढी : नागरिक उन्मुक्ति पार्टीले कैलाली जिल्ला समन्वय समितिको प्रमुखका लागि उम्मेदवारी दर्ता गरेको छ।

उन्मुक्तिले रुपमती डगौरा थारुलाई प्रमुखको उम्मेदवार बनाएको हो। थारू टीकापुर नगरपालिका वडा नम्बर ४ की वडा सदस्य हुन्। थारुको प्रस्तावक जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखादेवी कठरिया रहेकी छन् भने जोशीपुरकी उपाध्यक्ष राजु तिरुवाले समर्थन गरेकी छन्।

SHIKHAR COOL TECH

समन्वय प्रमुखको उम्मेदवारी दर्ता गराउन नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य कैलाश चौधरीसहित टीकापुर र भजनी नगरपालिकाका नगर प्रमुखको उपस्थितिमा थारूले उम्मेदवारी दर्ता गराएकी हुन्। नागरिक उन्मुक्तिसँग सात मत रहेका छन्।

कुला २६ मतभार रहेको जिसस कैलालीमा नागरिक उन्मुक्तिको भजनी नगरपालिकामा प्रमुख र उपप्रमुख, जानकी र जोशीपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा टीकापुरमा नगर प्रमुख छन्।

नागरिक उन्मुक्तिले नेकपा माओवादी केन्द्र र समाजवादीको समर्थन पाए २५ मध्ये ११ मत पाउने सम्भावना छ। माओवादीबाट टीकापुरको उपप्रमुख निर्वाचित भएका खडकबहादुर शाह अहिले निलम्बित छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार