कञ्चनपुरमा सात हजार बढीलाई निःशुल्क आँखा उपचार सेवा

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सात वर्षदेखि आँखा उपचार केन्द्र सञ्चलन गर्दै आएको छ। 

शुक्लाफाँटा नगरपालिका, धनगढीस्थित च्यारेटी हेल्थ फाउण्डेसनको प्राविधिक सहयोगमा सहुलियतमा सर्वसाधारणलाई आँखा उपचार सेवा प्रवाह गर्दै आएको हो। हप्ताको छ दिन केन्द्र सञ्चालन हुँदै आएको छ। सहकारीका अध्यक्ष शिवराज भट्टका अनुसार केन्द्रबाट एक वर्षमा सात हजार एक सय ८२ जनाले सेवा लिएका छन्।

Seti Hospital

केन्द्रमा उपचार गर्न आएका आर्थिक रूपमा विपन्न छ सय ४१ जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ। केन्द्रबाट आँखा जाँच, औषधि वितरण, परामर्श र चश्मा उपलब्ध गराउने व्यवस्था छ। शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडामा सञ्चालित शिविरबाट तीन हजार तीन सय २७ जनाले सेवा लिएका छन्।

शिविरमा आँखा जाँचका लागि पुगेका मोतियाबिन्दुका दुई सय ५५ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ। शिविरमा पुगेका सात सय २३ जनालाई निःशुल्क चश्मा प्रदान गरिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार