धनगढी उपमहानगरले सर्वसाधारणलाई ३१४ पिन्ट नि:शुल्क रगत उपलब्ध गरायो

धनगढी: धनगढी उपमहानगरपालिकाले तीन महिनामा ९४ जनालाई नि:शुल्क रगत उपलब्ध गराएको छ। उपमहानगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २६ गतेसम्म सर्वसाधारणलाई ३१४ पिन्ट रगत नि:शुल्क उपलब्ध गराएको हो।
उपमहानगरपालिकाले यो वर्षदेखि रगत आवश्यक पर्ने नगरबासीलाई नि:शुल्क रगत दिने व्यवस्था मिलाएको हो। धनगढी स्थायी बसोबास भएका बिरामीले डाक्टरको सिफारिसमा नेपाल रेडक्रस धनगढी शाखाबाट नि:शुल्क रगत दिने व्यवस्था मिलाएको हो।

रेडक्रसलाई त्रैमासिक रुपमा बिरामीले लगेको रगत बापतको रकम उपमहानगरले भुक्तानी गर्ने सम्झौता गरेको छ।
उपमहानगरले वडा नम्बर १ मा १३ जनाले, वडा नम्बर २ मा ४ जना, वडा नम्बर ३ मा ५ जना, वडा नम्बर ४ मा ८ जना, वडा नम्बर ५ मा ५ जना र वडा नम्बर ६ मा ४ जनाले नि:शुल्क रगत प्राप्त गरेको जनाएको छ।
यसैगरी, वडा नम्बर ७ मा ७ जना, वडा नम्बर ८ मा ९ जना, वडा नम्बर ९ मा ४ जना, वडा नम्बर १० मा २ जना, वडा नम्बर ११ मा ४ जना, वडा नम्बर १२ मा ६ जनाले नि:शुल्क रगत प्राप्त गरेका छन्।
यस्तै, वडा नम्बर १३ मा ७ जना, वडा नम्बर १४ मा ३ जना, वडा नम्बर १५ मा ४ जना, वडा नम्बर १६ मा ५ जना, वडा नम्बर १७ मा ३ जना र वडा नम्बर १९ मा १ जनाले नि:शुल्क रगत प्राप्त गरेको उपमहानगरले जनाएको छ।
नि:शुल्क रगत प्राप्त गर्नेमा ५२ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन्। यस्तै, सेवा लिनेमा ६१ प्रतिशत जनजाति, २० प्रतिशत ब्राह्मण/क्षेत्री, १२ प्रतिशत दलित र १ प्रतिशत अन्य समुदायका रहेको उपमहानगरले जनाएको छ।
उपमहानगरले उपचारको क्रममा कुनै बिरामीलाई रगत तथा रगतजन्य पदार्थ आवश्यक परेमा सोझै रेडक्रस कैलाली शाखामा सम्पर्क गर्ने र चिकित्सकको सिफारिसका आधारमा रगत उपलब्ध हुने व्यवस्था मिलाइएको छ। नि:शुल्क रगत प्राप्त गर्न वडा या पालिकाको सिफारिस आवश्यक नपर्ने उपमहानगरले जनाएको छ।

धनगढी सूचना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार