ऐश्वर्य विद्या निकेतनको विषयमा अध्ययन गर्न समिति गठन

धनगढी : धनगढी उपमहानगरपालिकाले ऐश्वर्य विद्या निकेतनको विषयमा अध्ययन गर्न समिति गठन गरेको छ। उपमहानगरले कात्तिक २८ गते शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख घुम्मनसिंह बडायकको संयोजकत्वमा ७ सदस्यीय अध्ययन समिति गठन गरेको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित ऐश्वर्य विद्या निकेतनको विषयमा गुनासो आएपछि समिति गठन गरिएको हो।

धनगढी सूचना

बडायकक नेतृत्वमा गठन समितिको सदस्यमा सुरेन्द्रसिंह कार्की, भुवन शाही, कृष्णप्रसाद उपाध्याय, खडकसिंह कुञ्जेडा, गणेशराज भट्ट छन् ।

भने सदस्य सचिवको जिम्मेवारी जयराज जैशीलाई तोकिएको छ। अध्ययन समिति गठन भएको ३० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन भनिएको छ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा एकै व्यक्ति लामो समयसम्म रहेको विषयमा गुनासो आएपछि छानबिन थालिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार