माओवादीले सुदूरपश्चिममा उपनिर्वाचनका उम्मेदवार टुङ्ग्यायो

धनगढी : नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश हुने उपनिर्वाचनका पदको उम्मेदवार टुङ्गो लगाएको छ । मङ्सिर १६ गते हुन लागिएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने सबै उम्मेदवारको टुङ्गो लगाएको छ ।

रिक्त एक समन्वय समिति प्रमुख, एक उपाध्यक्ष र चार वटा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । तीमध्ये समन्वय समिति प्रमुखमा उम्मेदवारी नदिने नेता जनक बुढाले जानकारी दिए ।

बुढाका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष (बाजुरा )मा राजुकुमारी विक रचनालाई उठाएको छ । सुर्मा गाउँपालिका–४ (बझाङ) मा पुष्करबहादुर बोहरा, पूर्वी चौकी गाउँपालिका–६( डोटी )मा देवीलाल थापालाई उठाएको छ ।

यसैगरी दुहुँ गाउँपालिका–५ (दार्चुला) मा वीरसिंह कार्की र भीमदत्त नगरपालिका–६ कञ्चनपुरमा नानाराम कोलीलाई उम्मेदवार बनाएको छ । जिल्ला समन्वय समिति प्रमुख (कैलाली) उम्मेदवारी दिने योजना नभएको बुढाले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार