राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने भएको छ । प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेर समय मागेको प्रवक्ता मनिष झाले बताए ।

अहिलेसम्म प्रधानमन्त्रीको कार्यालयबाट जवाफ आएको छैन । प्रधानमन्त्रीले समय दिए लगत्तै सांसदहरुले भेटेर ज्ञापन पत्र बुझाउने तयारी छ ।

प्रधानमन्त्रीलाई बुझाउने ज्ञापन पत्रको विषयमा आज पार्टीका सांसदहरु बसेर छलफल गरेका छन् । प्रधानमन्त्रीलाई बुझाउने ज्ञापन पत्रमा सभापति लामिछानेको विषयमा केन्द्रित हुने एक सांसदले बताए ।

रास्वपाले सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रतिशोध राखेर पक्राउ गरेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्दै आइरहेको छ । रास्वपाको यो कदमप्रति प्रधानमन्त्री ओली सन्तुष्ट छैनन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार