बझाङ थलारामा घर घर मै पुगेर जेष्ठ नागरीकको उपचार

बझाङ : थलारा गाउँ पालिका ७ नम्बर वडाका ७९ बर्षिया जंगे सुनारलाई पेट जल्ने र दुख्ने,डकार आईराख्ने, अमिलो पानी मुख बाट आई रहने जस्ता समस्याले निकै सताई रहेको थियो । उपचार गराउने मन हुँदा हुँदै पनि हिडेर स्वास्थ्य चौकी सम्म पुग्न नसक्ने भएका कारण घरमा नै बस्नु पर्ने बाध्यता उनको थियो । उनको जस्तै ६९ बर्षिया अफिलाल उपाध्यको पनि स्वास्थ्ष्यमा समस्या थियो । दम लागेर निकै सास्ति खेपेका अफिलालले पनी स्वास्थ्य संस्थान जान सक्नु भएको थिएन । उनि पनी घरमा बसेका थिए ।

स्वास्थ्य चौकी पुग्न निकै समय लाग्ने भएका कारण उनले घरमा नै बस्नु परेको हो । यता उती हिटडुल गर्दा दमको विरामी भएका कारण समस्या हुन्थ्यो जसका कारण उनले घरमा नै बस्नु पथ्र्यो । तर उनलाई अहिले भने ढुङ्गा खोज्दा देउता मिले जस्तै भएको छ । जब थलारा गाउँपालिकाले टोल टोलमा स्वास्थ्यकर्मी अभियान संचालन गर्यो । त्यसपछी यस्ता स साना रोग तथा स्वास्थ्य समस्या बाट ग्रसित भएका जेष्ठ नागरीक र अपाङगता भएका ब्याक्तीहरुलाई राहात भएको अनुभुति गर्न पाए ।

Seti Hospital

स्थानीय तथा जेष्ठ नागरीक ७५ बर्षिया राधाकृष्ण उपाध्यायले भने, ‘हाम्रो गाउँमा रहेका म जस्तै बुढा पाका र हिटडुल गर्न नसक्ने र थला परेका नागरीकहरुलाई यो अभियानले ठुलो राहात पुगेको छ । मेलै पनि घुडा दुख्ने समस्याले निकै सास्ति खेप्नु परेको थियो । अस्पताल पुग्न सक्ने अवस्था मेरो थिएन । नजीकैको स्वास्थ्य संस्था पुग्न पनी समय लाग्ने भएका कारण जान सकेको थिएन । घुडा देख्ने समस्याले हैरान भएपनी सहेरै बसेको थिए ।

छोरा छोरी बाट औषधि मगाएको भएपनी ठिक भएको थिएन । चेकजाँच नै नगरी औषधि खाँदा पनी समस्या हुने रहेछ । जब स्वस्थ्यकर्मी मेरै घरमा आएर स्वास्थ्य चेकजाँच गरी औषधि दिनुभयो । अहिले घुडा दुख्ने समस्या बाट केही रुपमा भएपनी छुटकारा मिलेको छ । अहिले नियमित रुपमा औषधि खाई रहेको छु । घरमा नै आएर हामीहरु जस्ता जेष्ठ नागरीकलाई खोजी खोजी स्वास्थ्य परिक्षण र उपचार गरेर र औषधि समेत दिएर जान्छन् । स्वास्थ्यकर्मीहरुले राम्रो गरी रहनु भएको छ । यसमा म मात्रै नभएर मस्ता धेरै जस्ता नागरीकहरु खु ःसि छौ । यस कार्यलाई निरन्त्रता दिनु पर्ने उनको सुझाब छ । साथै उनले कतिपय औषधिहरु आफुहरुले नै किन्नु पर्ने भएका कारण किन्नु परेका औषधिहरु पनी पालिकाले दिन सके सुनका सुगन्ध भए जस्तै हुने सुझाब दिए ’।

थलारा गाउँपालिकाले पालिका भरी रहेका नागरीकहरुको स्वस्थ्य उपचार , हेरचाहका गर्नका लागि घर दैलो अभियान संचालन गरेको हो । हरेक महिनाको २ पटक पालिका भरी रहेका सबै स्वास्थ्य संस्थामा आबद्ध स्वास्थ्यकर्मीहरु अनिवार्य रुपमा स्वास्थ संस्था नजीक र पायक पर्ने टोलहरुमा पुगेर घर घरमा रहेका जेष्ठ नागरीक, अपाङ्गता भएका ब्याक्ती र फरक क्षमता भएका ब्याक्तीलाई विषेश प्राथमिकतामा राखेर स्वास्थ्य परिक्षण तथा उपचार गर्न सुरु गरेको हो ।

पालिकाले गरेको यो अभियान प्रति यहाँका नागरीकहरु निकै खःसी भएका छन् । स्वास्थ्यकर्मीहरुले आफ्नो स्वास्थ्य संस्था नजीकै रहेका टोलहरुमा पुगेर विभिन्न नसरर्ने रोग र सर्ने रोगका बारेमा समेत सचेना जोगाउने देखी स्वास्थ्य क्षेत्र बाट बाहिरी रहेका तथा हिटडुल गर्न नसक्ने ब्यक्तीहरुको स्वास्थ्य उपचार, औषधि वितरण र उनका अभिभावकहरुलाई समेत परामर्श गर्न सुरु गरेको थलारा गाउँपालिका वडा नम्बर ७ कोईरालकोटका स्वास्थ्य चौकीका प्रमुख स्वास्थ्यकर्मी विजय खातीले बताए ।

उनले भने,‘हामीहरु प्रत्येक महिनाको २ दिन प्रत्येक टोल टोलमा पुगेर घरदैलो अभियान नै सन्चालन गरेर विषेश गरी जेष्ठ नागरीक र अपाङता भएका ब्याक्तीहरुको स्वास्थ्य चेकजाँच तथा परिक्षण र औषधि उपलब्ध गराउदै आएका छौ । यस कार्य बाट घर मै बस्ने तर यता उती हिटडुल समेत गर्न नसक्ने अपाङ्गता भएका ब्याक्ती एकल महिला र जेष्ठ नागरीकहरु निकै नै लाभान्वित भएका छन् । उनिहरुको घर घरमा पुगेर स्वस्थ्य चेकजाँच गर्नुका साथै औषधि दिने र स्वास्थ्य सम्बन्धि परामर्श समेत गर्ने भएका कारण निकै खुसि भएका देखेका छौ । हामीहरु उनिहरुको घर दैलोमा नै पुगेर ब्लड प्रेसर, चेकजाँच, रक्त चाप, सुगर, मुटु रोगको उपचार, दमका विरामी, नसा रोगका विरामीहरुको उपचार गर्नुका साथै, स्वास्थ्य सरसफाई, सर्ने र नसर्ने रोगहरुको बारेमा समेत सचेतना फैलाउनुका साथै परामर्श समेत दिने गरेको बताए ’।

पालिकामा रहेका दश वटा स्वास्थ्य संस्था बाट यो अभियान निरन्तर गर्दै आएका थलारा गाउँपालिकाका स्वास्थ्य संयोजक पदम ओलिले बताए । ‘यो अभियानले एउटै जेष्ठ नागरीकलाई मात्रै नभएर गाउँघरका अन्य सर्व साधारण ब्याक्तीहरुलाई पनी सहयोग मिलेको बताए । पछिल्लो समयमा यो अभियानले गर्भवती महिलाहरुले पनी घरमा नै सेवा लिने मौका पाएका छन् । उनिहरुलाई परामर्श समेत गराउने गरेका छौ । यो अभियानले सामान्य रोगको उपचार घरमा नै पुगेर स्वास्थ्यकर्मीहरुले गर्दै आएका र अलि जटिल समस्या देखा परे तरुन्तै नजीकैको स्वास्थ्य संस्था वा अस्पतालमा जानका लागी सुझाब दिने गरेको बताए । एक महिनामा जेष्ठ नागरीक, अपाङ्गता भएका ब्याक्ती, एकल महिला, गर्भवती महिला वा अन्य सर्वसाधारण गरी जम्मा ३ सय ६० देखी ४ सय सम्मले सेवा लिने गरेको ओलीले बताए’ ।

थलारा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रयाग राज पाध्याले यो अभियानलाई पालिकाले प्राथमिकतामा राखेर अभियानलाई निरन्त्रता दिदै आएको र यस कार्यले निरन्त्रता पाउने बताए । उनले भने,‘स्वास्थ्यकर्मीले काम प्रभावकारी रुपमा गरे नगरेको र सर्व साधारणको घर दैलोमा पुगे नपुगेको बारेमा आफुहरुले पनी पटक पटक अनुगमन तथा स्वास्थ्यकर्मी माथि निगरानी बढाई राखेको बताए । स्वास्थ्यकर्मीको हौसला बढाउनका लागी उत्कृष्ठ र राम्रो काम गर्ने स्वास्थ्यकर्मीहरुलाई र स्वास्थ्य संस्थालाई पुरुस्कृत सम्मान समेत गर्दै आएका बताए ’।

थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश रोकायाले सिहँ दरबारको अधिकार गाउँगाउँमा आएको अनुभुती अहिले पनी सर्व साधारण नागरीकहरुले गर्न पाएका छैनन् । त्यसको अन्त्य गर्नका लागी वा सिहँदरबारको अधिकार गाउँमा आएको अनुभुति दिलाउनका लागी पालिकाले यस्तै खआलका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताए । उनले भने, ‘पालिकाले यस्तै अन्य अभियानहरुलाई पनी सुरु गर्न लागेको छौ ।

आफुहरुले यस बर्ष देखी कृर्षि र भेटनरीका प्राविधिकहरुलाई पनी प्रत्येक टोल र घर घरमा पठाउने तयारी गरी रहेका छौ । कृषकका समस्याहरुलाई स्थलमै पुगेर रेखदेख गरी आवष्यक सल्लाह सुझाब दिनका लागी विभिन्न रोग किराहरु बाट अन्न बालिर पशु चौपाया बचाउनका लागी कृर्षि क्षेत्रका र पशु क्षेत्रका प्राविधिकहरु लाई टोल टोलमा पठाउने तयारी भएको छ । अबको केही दिन भित्र यो अभियान पनी हामी संचालन गर्दै छौ ।

किसानहरुले लगाएको अन्न बालीमा रोग किरा लाग्ने तर पालिकालाई कुनै जानकारी सम्म नहुने भएका कारण यसको अन्त्यका लागी कृर्षि प्राविधिकहरुलाई र पशुमा देखा पर्ने विभिन्न रोगको उपचार र स्वास्थ्य विमा बारे जानकारी गराउनका लागी पशुका प्राविधीकहरुलाई प्रत्येब वडामा रहेका टोल र घरमा पठाउने योजना रहेको अध्यक्ष रोकायाले बताए ।

यस्तै विगतका बर्षहरु झै यस बर्ष पनी पालिकाले वडा स्तरमा नै पुगेर विभिन्न योजनाहरुको सम्झौता गर्ने तयारी गरेको बताए । अहिले गाउँ र टोलमा उपभोत्ता समिती गठन गर्ने कार्य भई रहेको छ । समिती गठन गर्ने कार्य सम्पन्न भएपछी प्रमुख प्रशासकिय अधिकृत योजना अधिकृत र अन्य प्राविधिक सहितको टोली ९ वटै वडामा नै पुगेर योजनाहरुको सम्झौता गरीने बताए’।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार