सलिनाले भनिन् भलिबल खेल्न उचाइले छेक्दैन !

काठमाडौँ : राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य सलिना श्रेष्ठले भलिबल खेल्न उचाइले नछेक्ने बताएकी छिन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभ २०२४ को दोस्रो दिनको तेस्रो सत्र ‘ मैदानमा महिला नायक’ सत्रमा उनले यस्तो बताएकी हुन् ।

उचाइकै कारण दुई पटक खेलबाट फालिएको समेत उनले बताइन् । तेस्रो पटक भने आफ्नाे खेल हेरेर नै राष्ट्रिय खेलमा छनोट हुन सफल भएको उनले सुनाइन् । पछिल्लो समय सानो मान्छे भएर पनि खेल्न सकिन्छ भन्ने प्रमाणित भइसकेको उनले दाबी गरिन् ।

‘लिबेरो पोजिसन’ मा खेल्ने भएकाले धेरै मुभमेन्ट आवश्यक रहेको उनको भनाइ छ । ‘म लिबेरो पोजिसनमा खेल्छु, यसमा धेरै मुभमेन्ट चाहिन्छ,’ उनले भनिन्, ‘ अहिले लिबेरो पोजिसनमा उचाइ आवश्यक छैन भन्ने प्रमाणित भइसकेको छ ।’

पहिलाको हेरेर पछिल्लो समय भलिबल खेलमा धेरै विकास भइसकेको उनले सुनाइन् । ‘पहिला महिला भन्नेविबित्तिक्कै आफ्नै परिवार वा समाजले पनि भलिबल खेल्न दिँदैन थियो,’ उनले भनिन्, ‘छोरी मान्छे भएपछि पढाइमा मात्र ध्यान दिए हुन्छ भन्थे । खेल्नु पर्दैन भन्थे ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार