आफ्नै साथीकाे प्रेमिकामाथि करणी आराेपमा एक युवक पक्राउ

धनगढी : कैलालीमा आफ्नै साथीकाे प्रेमिकामाथि जबरजस्तीकरणी गरेकाे आराेपमा एक युवक पक्राउ परेका हुन्।

कैलारी गाउँपालिका-९ गदरिया डिगा भनिने २४ वर्षीय रनबिर रानालाई जबरजस्तीकरणी गरेकाे आराेपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

जिल्ला प्रहरी कार्यालयकाअनुसार  साेही ठाउँ बस्ने १६ वर्षीया नाबालिकालाई जबरजस्तीकरणी गरेकाे किटानी जाहेरीका आधारमा रानालाई पक्राउ गरिएको हाे। ती किशोरी उनकै मिल्ने साथीकाे प्रेमिका भएकाे पाइएको प्रहरीले जनाएको छ।

युवतीकाे प्रेमी फाेटाे देखाएका आधारमा ती युवकले युवतीलाई फेसबुकमा साथी बनाएका थिए। उनीहरू दुवै जनाबीच फेसबुकबाटै चिनजान भएकाे खुलेकाे प्रहरीकाे भनाइ छ। २४ कात्तिककाे राति किशाेरीलाई उनकाे घर नजिकैकाे खेतबारी बाेलाएर जबरजस्तीकरणी गरेका थिए।

किशोरी चिच्याएपछि स्थानीयले घटनाबारे थाहा पाएका थिए। उक्त घटना गाउँमै मिलाउने प्रयास समेत भएकाे थियो तर पीडित पक्षले नमान्दा प्रहरीसम्म पुगेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार