प्रहरीका तीन जना डिएसपीको सरुवा

काठमाडौं : नेपाल प्रहरीका तीन जना डिएसपीको सरुवा भएको छ। एक जनालाई हेडक्वार्टरबाट पर्सा पठाउँदा वीरगन्ज र भैरहवाका दुई जनालाई हेडक्वार्टर तानिएको छ। 

बुधबार भएको काज सरुवामा मुख्यालयको सुपरीवेक्षण तथा अनुगमन महाशाखाका प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई जिल्ला प्रहरी कार्यालय पर्सा लगिएको छ। उताका दिपक भारतीलाई सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल तानिएको छ।

Seti Hospital

प्रहरीको मानव स्रोत विभागले गरेको सरुवामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका लक्ष्मी खनाललाई हेडक्वार्टरको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पुर्याइएको छ। उनीहरुलाई तत्काल काज खटाइएको कार्यालयमा हाजिर हुन जान निर्देशन दिइएको छ।

स्रोतका अनुसार विवादमा तानिएपछि डिएसपीद्वयलाई हेडक्वाटर तानिएको हो। अन्य केही जिल्लामा पनि समस्या रहेका एसपी तथा डिएसपी तानिने सम्भावना छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार