प्रदेशसभा सदस्य गौचनको निधन

म्याग्दी : गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ ।

उनको काठमाडौँको ग्राण्डी अस्पतालमा गएराति उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाँले जानकारी दिए ।

गौचनको ६३ वर्षको उमेरमा निधन भएको हो । म्याग्दी घर भएकी गौचन गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद थिइन् । केही दिनअघि उनलाई डेङ्गी सङ्क्रमण भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार