पछिल्लो कार्यकालमा सुरु गरेका दर्जनौँ योजना जसले संवृद्ध बन्ने छ मुलुक : उद्योग मन्त्री भण्डारी

कैलाली : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफ्नो पछिल्लो कार्यकालमा तत्कालीन मध्यकालिक तथा दीर्घकालीन प्रभाव पर्ने दर्जनौँ कामहरू अघि सारेका छन् ।

यस अवधिमा मन्त्रालयले १ दर्जन बढी कामहरू सम्पन्न गरेको जनाएको छ । मन्त्रालयले सञ्चालन गरेको न्यून ब्याजदरको स्टार्टअप कर्जा कार्यक्रम, कार्यालयमा स्वचालित सेवा अनलाइन प्रणालीको सुरुवात, वैदेशिक लगानी सहजीकरण लगायतका कामहरू महत्त्वपूर्ण कार्यको रूपमा सम्पन्न भएका छन् ।

सरकारले सन् २०३० सम्ममा १०हजार स्टार्टअप सञ्चालन गरी १लाख व्यक्तिलाई रोजगारी प्रदान गर्ने योजना अन्तरगत चालु वर्षमा उत्साहजनक रूपले काम भइरहेको र यस बर्ष ६ सय बढी फर्मलाई स्टार्टअप कर्जाको रूपमा ५ लाख देखी २५ लाख रकम सम्म प्रदान गरिनेछ ।

उक्त कार्यक्रमबाट स्टार्टअप उद्यमीको वित्तीय पहुँच बढाउन सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने गरी सूचना प्रकाशन गर्दा ५हजार १सय ५८ जना उद्यमीले प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्तावबाट स्टार्टअप उद्यमी छनौट गरी पौष मसान्तभित्र कर्जा प्रवाह गरिनेछ ।

यस मन्त्रालयले सार्वजनिक निकायमा स्वदेशी बस्तुहरूको उपयोग बढाउने विषयमा जोड दिएको छ । स्वदेशी बस्तुको उपयोग गर्दा १५ प्रतिशत लागत बढ्न सक्ने भए तापनि स्वदेशी व्यवसाय प्रवर्धन गर्नका लागि उद्योग तथा व्यवसाय सहजीकरण नीति स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पेस गरिएको छ ।

यस मन्त्रालय अन्तरगत रहेको कम्पनी रजिस्ट्रार को कार्यालयमा कम्पनी दर्ता कार्य पूर्ण रूपमा स्वचालित सेवा अनलाइन प्रणाली मार्फत सञ्चालन गरिएको छ भने, उद्योग विभाग लगायतका निकायहरूमा स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउने कार्य चालु अवस्थामा रहेको छ ।

कञ्चनपुरको दोधारा चाँदनीमा भारतीय सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाह निर्माणका लागि जग्गा प्रयोग र रुख कटान सम्बन्धी निर्णय मिति २०८१र०६र०२ मा मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भई निर्माण प्रक्रिया अगाडि बढेको छ ।

दसैँ, तिहार, छठ लगायतका राष्ट्रिय चाडपर्वहरूलाई मध्यनजर गर्दै यस समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मार्फत सुपथ मूल्यका पसलहरू सञ्चालन गरी उपभोक्तालाई गुणस्तरीय उपभोग्य सामग्री सस्तो मूल्यमा उपलब्ध गरिएको छ । जसका कारण आम नेपाली बजारमा समेत दैनिक उपभोग्य बस्तुहरूको मूल्य न्यूनीकरण भएको पाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार