२६ गते गृहजिल्ला डडेल्धुरा पुगेका देउवा धर्मकर्म र भेटघाटमा व्यस्त

डडेल्धुरा : २६ गते गृहजिल्ला डडेल्धुरा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धर्मकर्ममा व्यस्त देखिएका छन् ।

सोमबार परशुराम धामको दर्शन गरेका देउवा मंगलबार आफ्नै गृहपालिका गन्यापधुरा पुगेका थिए । त्यहाँ उनी चौलोले प्रख्यात बडाल जात्रामा सहभागी भएका थिए भने गन्याप देवताको पूजापाठ पनि गरेको उनको सचिवालयले जनाएको छ । 

पूजाअर्चनापछि देउवाले संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । सानै उमेरदेखि बडाल जात्रामा आएर पूजाआजासँगै मेलाको रौनकमा रमाउने स्मरण गर्दै उनले विभिन्न कार्यक्रममा समेत बडालको चौलो देखाउने गरेको बताए ।

यस्तै ३० गते उनी आफ्नै गाउँको कुल पूजामा सहभागी हुने कार्यक्रम रहेको नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ । देउवा १ गते सुदूरपश्चिममै प्रख्यात उग्रतारा मेलामा पनि सहभागी हुने कार्यक्रम छ । 

धर्मकर्मसंगै देउवा कार्यकर्ता भेटघाटमा पनि व्यस्त देखिउका छन् । देउवाले बुधबार जिल्ला कार्यसमितिले आमन्त्रण गरेको बैठकमा सय दिने संकल्प यात्राबारे पनि छलफल गर्ने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

उनले यसअघि परशुराम नगरपालिका, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकामा कार्यकर्ता भेटघाट गरिसकेका छन् । बुधबार नै नवदुर्गा गाउँपालिकामा पनि कार्यकर्ता भेटघाटका लागि देउवा पुग्ने कार्यक्रम छ । 

यस्तै २९ गते मध्यान्न १२ बजे अजयमेरु गाउँपालिकाको पुइलेक र १ बजे चमडा बजारमा भेटघाट कार्यक्रम गर्ने तय भएको नेपाली काँग्रेस अजयमेरुका सभापति टेकराज पाण्डेयले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार