प्रसिद्ध मालिकार्जुन धामको जात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा

दार्चुला : दार्चुलाका दुई स्थानीय तहहरुले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएका छन्।

राष्ट्रकै सातौं धामको रुपमा रहेको प्रसिद्ध मालिकार्जुन धामको जात्राको अवसरमा शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्।

Seti Hospital

मालिकार्जुन धाममा आज कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर पूजन जात्रा हुने र भोलि कार्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन मन्दिरमा जात्रा हुने भएकाले बिदा दिइएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन्। 

मालिकार्जुन धामको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन्। मालिकार्जुन धामको जात्रामा स्थानीयहरुको सहभागितालाई ध्यानमा राखेर हरेक बर्ष जस्तै यो बर्ष पनि बिदा दिइएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताए। 

यस्तै मालिकार्जुन जात्रालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि मालिकार्जुन मन्दिर व्यवस्थापन समितिले जात्रा अवधिभर उक्त क्षेत्रमा जुवातास खेल्न र खेलाउन तथा मदिरा विक्रि, वितरण तथा सेवनमा पूर्णतया रोक लगाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार