कैलालीमा हुस्सु लाग्न सुरु

धनगढी : चिसो बढ्दै गएपछि कैलालीमा हुस्सु लाग्न सुरु भएको छ । कात्तिक अन्तिम साता कैलालीका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु लाग्न थालेको हो । विगत वर्षको तुलनामा कात्तिकमै बाक्लो हुस्सु लाग्न सुरु भएपछि यस वर्ष अत्यधिक चिसो हुने स्थानीयको भनाइ छ ।

बाक्लो हुस्सु लाग्न सुरु भएपछि अहिले चिसो बढेको महसुस भएको धनगढी उपमहानगरपालिका–८ का स्थानीय तुला बखरियाले बताए ।अरु वर्ष मङ्सिरसम्मै राम्ररी घाम लागेकोमा यसवर्ष कात्तिकै घाम मधुरो भएको स्थानीयको भनाइ छ । कैलालीमा दिनभरि नै हुस्सु लाग्ने भएका कारण घाम कम लाग्न थालेको उनीहरु बताउँछन् ।

Tihar shuvakamana
Discovery School

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भने मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको आजको बुलेटिनमार्फत जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार