नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ११.२४ अंक गिरावट

काठमाडौं : मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ ।  आज नेप्सेमा ११.२४ अंकको गिरावट आएर २७४८.९६ बिन्दुमा पुगेको हो । 

आजको कारोबारमा नेप्सेमा २४४ वटा कम्पनीको कारोबार हुँदा १५७ वटा कम्पनीको शेयर मूल्यमा घटेको छ । त्यस्तै, नेप्सेमा १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँ बराबरमा कारोबार भएको छ ।

जसमा ८० वटा कम्पनीको  शेयर मूल्य वृद्धि भएको छ भने ७ वटा कम्पनीको शेयर मूल्य भने हिजोकै अवस्थामा रह्यो ।

आज नेप्सेमा भएको शेयर कारोबारमा वित्तीय क्षेत्र, निर्जीवन बीमा र व्यापार समूहको शेयर मूल्य बढ्यो भने अन्य समूहको शेयर सूचक रातो भएको छ ।

त्यस्तै, आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरे भने गुडविल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार