बैतडीबाट बेबारिसे अवस्थामा १ लाख बढी अवैध सामान बरामद

बैतडी : बैतडीमा प्रहरीले अवैध सामान बरामद गरेको छ । सोमबार शिवनाथ गाउँपालिका – १ नागार्जुन खाणघाट स्थित महाकाली नदीको किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा १ लाख १० हजार ६११ रुपैयाँ बराबरको चिनी, मिस्री, चामल, आटा, सलाई, लेडिज चुरा, लेडिज हाते पर्स, स्याम्पु, खेलौना, कपी, किराना लगायतका सामानहरु बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

धनगढी सूचना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार