धनगढी उपमहानगरपालिकाद्वारा भदौ महिनाका उत्कृष्ट सामुदायिक विद्यालयलाई सम्मान सहित पुरस्कृत

धनगढी : धनगढी उपमहानगरपालिकाले भदौ महिनाका तीन ओटा उत्कृष्ट सामुदायिक विद्यालयहरुलाई पुरस्कृत गरेको छ ।

दशैं तिहारको लामो विदा पछि कात्तिक २५ गते सम्पन्न मासिक प्रधानाध्यापक बैठक तथा सामुदायिक विद्यालयद्वारा सम्पादित शैक्षिक गतिविधिको प्रस्तुतीकरण एवं उत्कृष्ट विद्यालय घोषणा कार्यक्रममा उत्कृष्ट विद्यालयहरु छनोट गरि पुरस्कृत गरिएको हो । धनगढी उपमहानगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि चालु शैक्षिक सत्रबाट प्रत्येक महिना संचालन गरेका शैक्षिक गतिविधिको प्रस्तुतीकरणका आधारमा तीन वटा उत्कृष्ट विद्यालय छनोट गरि पुरस्कृत गर्ने गरेको छ ।

SHIKHAR COOL TECH

सोही अनुसार भाद्र महिना भरि संचालन गरेका शैक्षिक गतिविधिको प्रस्तुतीकरणका आधारमा माध्यामिक तह तर्फ धनगढी ७ मनेहराको सरस्वती माध्यामिक विद्यालय,आधारभुत (कक्षा १- ८) तर्फ धनगढी १८ फुलवारीको खप्तडी आवि र आधारभुत तह (कक्षा १- ५ ) तर्फ धनगढी ५ पटेलाको जनजागृति आविलाई पुरस्कृत गरिएको हो ।

उत्कृष्ट घोषणा भएका विद्यालयहरुलाई प्रति विद्यालय नगद दश हजार सहित सम्मान पत्र प्रदान गरिएको छ । धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शैक्षिक विकास गर्ने उद्देश्यले २०८० चैत ८ गते सबै सामुदायिक विद्यालयहरु संग कार्यसम्पादन सम्झौता गरेको थियो।

सोही सम्झौता बमोजिम विभिन्न ७२ वटा सूचकहरुको कार्यान्वयनको सन्दर्भमा भए गरेका मासिक कार्यहरूको सम्बन्धमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकद्वारा गरिएको प्रस्तुतीकरणका आधारमा उत्कृष्ट विद्यालय घोषणा गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार