बोक्सी भन्दै महिलाको कपाल काट्ने झाक्रीसहित ३ जना पक्राउ

धनगढी : कैलालीमा बोक्सी लागेको भन्दै अमानवीय व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । 

टीकापुर नगरपालिका–९ कालाकुण्डामा १४ वर्षीया बालिकामाथि बोक्सी लागेको भन्दै ५५ वर्षीय महिलामाथि अमानवीय व्यवहार गरेको आरोपमा झाक्रीसहितका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा धामीझाक्रीको काम गर्दै आएका माता भनिने ५५ वर्षीय सुनिल मिस्त्री, ३७ वर्षीय लाली चौधरी र बालिकाको ३० वर्षीय आमा माया चौधरी९नाम परितर्वन० रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

उनकाअनुसार माया चौधरी (नाम परिवर्तन)ले १४ वर्षीया छोरी सपना (नाम परिवर्तन) बिरामी भएपछि झारझुकका लागि माता भनिने सुनिल मिस्त्रीको घरमा लगेकी थिइन् ।

त्यही बेला उनीसँगै सुनिलको घरमा पुगेकी बालिकाको ठूलो आमामाथि बोक्सी लागेको आरोप लगाउँदै सुनिल मिस्त्रीले अमानवीय व्यवहार देखाउँदै कपाल काटिदिएका थिए भने घाँटी न्याक्ने जस्ता व्यवहार देखाएका थिए ।

उनले आफूमाथि बोक्सीको आरोपमा झाक्रीसहितका तीन जनाले अमानवीय व्यवहार गरेको उजुरी आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अहिले तीनै जनालाई नियन्त्रणमा राखेर इलाका प्रहरी कार्यालय टीकापुरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार